दिल्लीमाथि गुजरातको ४ रनको रोमान्चक जित
सारांश
- महिला प्रिमियर लिगमा दिल्ली क्यापिटल्सलाई गुजरात जायन्ट्सले ४ रनले हरायो।
- दिल्लीका लिजेल ली र लौरा वोलवार्टले उत्कृष्ट प्रदर्शन गरेपनि जित दिलाउन सकेनन्।
- गुजरात जायन्ट्सले पहिले ब्याटिङ गर्दै २०९ रन बनायो, जसमा सोफी डिभाइनले ९५ रनको योगदान दिइन्।
नयाँ दिल्ली । महिला प्रिमियर लिग (डब्लूपीएल ) को चौथो सिजनमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा गुजरात जायन्ट्सले दिल्लीलाई ४ रनको झिनो अन्तरले पराजित गरेको हो।
डीवाई पाटिल स्टेडियममा भएको खेलमा गुजरातले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि लिजेल लीले ८६ रनको विस्फोटक पारी खेलिन् भने लौरा वोलवार्टले ७७ रनको योगदान दिइन्।
यद्यपि, यी दुई ब्याटरको उत्कृष्ट प्रदर्शनका बाबजुद टोलीले जित निकाल्न सकेन। गुजरातका लागि सोफी डिभाइन र राजेश्वरी गायकवाडले २–२ विकेट लिएर दिल्लीको रनको गतिमा पूर्णविराम लगाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरात जायन्ट्सले निर्धारित २० ओभरमा २०९ रनको विशाल योगफल तयार पारेको थियो, जुन टोलीको इतिहासकै उच्च स्कोर हो। ओपनर सोफी डिभाइनले मात्र ४२ बलमा ९५ रनको सानदार इनिङ खेलिन्। त्यस्तै, कप्तान एश्ले गार्डनरले ४९ रन जोडिन्।
दिल्लीका तर्फबाट नन्दनी शर्माले ह्याट्रिकसहित ५ विकेट लिएर गुजरातलाई केही दबाबमा राख्ने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन। दिल्लीका लागि श्री चरणी र शिनेल हेनरीले पनि २–२ विकेट लिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण