प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिने
सारांश
- गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिँदैछ।
- जीटीए सरकारको पहलमा तामाङको शव दिल्लीबाट दार्जिलिङ लगियो।
- उनको शवयात्रापछि चौरस्तामा अन्तिम श्रद्धाञ्जली दिई अन्त्येष्टि गरिनेछ।
काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिने भएको छ । जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो ।
अहिले दार्जिलिङका विभिन्न स्थानमा शवयात्रा भइरहेको छ । प्रशान्तका फयानहरुले उनलाई पुष्पगुच्छा चढाउँदै अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् । शवयात्रा पछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा राखिने र त्यही शवको अन्त्येष्टि गरिने कलाकार राजेश घतानीले जानकारी दिए ।
इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।
भारतीय मूलका नेपाली भाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण