गोल्डेन ग्लोब्स अवार्ड : ‘ह्यामनेट’ र ‘वन ब्याटल आफ्टर अनदर’ उत्कृष्ट फिल्म, टिभीमा ‘एडोलेसेन्स’ को दबदबा
सारांश
- लस एन्जलसमा गोल्डेन ग्लोब्स अवार्ड समारोह सम्पन्न भयो, जसमा विभिन्न विधामा उत्कृष्ट फिल्म र टेलिभिजन कार्यक्रमलाई सम्मान गरियो।
- फिल्म तर्फ 'ह्यामनेट' र 'वन ब्याटल आफ्टर अनदर' ले मुख्य अवार्ड जिते भने टेलिभिजनमा 'एडोलेसेन्स' को वर्चस्व रह्यो।
- विभिन्न विधामा जेसी बक्ली, पल थोमस एन्डरसन, रिया सिहर्न, रिकी जर्भेस लगायतले अवार्ड जिते।
लस एन्जलस । अमेरिकाको लस एन्जलसमा आयोजित एक समारोहका बिच यस वर्षको गोल्डेन ग्लोब्स अवार्ड वितरण गरिएको छ।
पछिल्लो एक वर्षमा रिलिज भएका उत्कृष्ट फिल्म र टेलिभिजन कार्यक्रमहरूलाई सम्मान गरिएको यो कार्यक्रममा फिल्मतर्फ ‘ह्यामनेट’ र ‘वन ब्याटल आफ्टर अनदर’ ले प्रमुख अवार्डमा कब्जा जमाएका छन्। टेलिभिजन विधामा भने नेटफ्लिक्सको ‘एडोलेसेन्स’ ले आफ्नो बर्चस्व कायम राख्न सफल भयो।
फिल्म विधाको ड्रामातर्फ ‘ह्यामनेट’ ले उत्कृष्ट फिल्मको उपाधि जित्यो। यही फिल्मबाट जेसी बक्लीले ड्रामातर्फको उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। म्युजिकल वा कमेडी विधामा भने ‘वन ब्याटल आफ्टर अनदर’ उत्कृष्ट फिल्म घोषित भयो। यसै फिल्मका निर्देशक पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथा दुवै विधाको अवार्ड उचाले। म्युजिकल वा कमेडी विधाको उत्कृष्ट अभिनेत्रीको अवार्ड रोज बर्नले जित्दा सोही विधाको उत्कृष्ट अभिनेताको उपाधि ‘मार्टी सुप्रिम’ का लागि तिमोथी चालमेटले जिते।

फिल्म तर्फकै सह-अभिनेत्रीको अवार्ड ‘वन ब्याटल आफ्टर अनदर’ बाट टेयाना टेलरले जितिन् भने सह-अभिनेताको अवार्ड ‘सेन्टिमेन्टल भ्यालु’ का लागि स्टेलान स्कार्सगार्डले पाए। बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको ‘सिनर्स’ ले सिनेम्याटिक एन्ड बक्स अफिस एचिभमेन्ट अवार्डका साथै उत्कृष्ट ओरिजिनल स्कोरको अवार्ड पनि पायो। गैर-अंग्रेजी भाषाको उत्कृष्ट फिल्म ‘द सिक्रेट एजेन्ट’ बन्दा एनिमेटेडतर्फ ‘केपप डेमन हन्टर्स’ उत्कृष्ट ठहरियो।

टेलिभिजनतर्फ ‘द पिट’ ले उत्कृष्ट ड्रामा सिरिजको अवार्ड जित्यो भने यसै सिरिजका नोहा वाइल उत्कृष्ट अभिनेता घोषित भए। ड्रामा सिरिजतर्फको उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्लुरिबस’ की रिया सिहर्नले जितिन्। कमेडी वा म्युजिकल सिरिजतर्फ ‘द स्टुडियो’ उत्कृष्ट बन्यो र यसका अभिनेता सेठ रोजनले उत्कृष्ट अभिनेताको अवार्ड पाए। यस विधामा उत्कृष्ट अभिनेत्रीको उपाधि ‘ह्याक्स’ की जिन स्मार्टले जितिन्।
लिमिटेड सिरिजतर्फ ‘एडोलेसेन्स’ उत्कृष्ट घोषित भयो। यस सिरिजले अन्य विधामा पनि प्रभाव जमायो। लिमिटेड सिरिजतर्फ ‘डाइङ फर सेक्स’ की मिसेल विलियम्सले उत्कृष्ट अभिनेत्री र ‘एडोलेसेन्स’ का स्टिफन ग्राहमले उत्कृष्ट अभिनेताको अवार्ड जिते। टेलिभिजन तर्फको सह-अभिनेता र सह-अभिनेत्री दुवै अवार्ड पनि ‘एडोलेसेन्स’ कै ओवेन कुपर र एरिन डोहर्टीले हात पारे। स्ट्यान्ड-अप कमेडीतर्फ भने रिकी जर्भेसले बाजी मारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण