कल्याणपुर नगरपालिकाका पूर्वमेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
सारांश
- सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।
- उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला विशेष अदालतले सुनाएको छ।
- मेयरले नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा घुस मागेको पुष्टि भएको थियो।
काठमाडौँ । सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौँले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले तेलीलाई घुस लिएको अभियोगमा भ्रष्टाचार ठहर गरेको हो । मेयर तेलीले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिका अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले खटाएको टोलीले तेलीलाई उक्त घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । अदालतमा तेलीले उक्त रकम छोराको व्यापारिक कारोबारको भएको दाबी गरे पनि मोबाइल संवादको स्क्रिप्ट र बरामद नोटको नम्बर भिड्दा उनी दोषी देखिएका हुन् ।
अदालतले तेलीलाई १ लाख रुपैयाँ जरिवानाका साथै अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ शुल्क बुझाउन समेत आदेश दिएको छ ।
यसैबिच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने सफाइ पाएकी छिन् । उनले अदालतमा बयान फेरेको (होस्टायल भएको) भन्दै अख्तियारले मुद्दा चलाए पनि उनले जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नभेटिएकाले अदालतले उनलाई सफाइ दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण