नेपाल लाइफ इन्स्योरेन्सद्वारा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण
गोरखा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अरुणखोला उप–शाखाले गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर४ स्थित कालिका प्राथमिक विद्यालयका ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कम्पनीले विद्यालयको ४८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा विद्यार्थीहरूलाई ४५ थान विद्यालय झोला र २७० थान कपी वितरण गरेको हो।
सहयोग सामग्री वितरण कार्यक्रम अरुणखोला उप–शाखाका प्रमुख दीपक पन्तको उपस्थितिमा सम्पन्न भएको थियो।शाखा प्रमुख पन्त स्वयं विद्यालयमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए।
सहयोग वितरण कार्यक्रममा बोल्दै शाखा प्रमुख दीपक पन्तले शिक्षा क्षेत्रको प्रवर्द्धन र बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा नेपाल लाइफ इन्स्योरेन्स सधैँ प्रतिबद्ध रहेको बताए।

साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने जनप्रतिनिधि, विद्यालय परिवार तथा यस पुण्य कार्यका लागि सहयोग गर्ने नेपाल लाइफ इन्स्योरेन्सको प्रधान कार्यालयका सम्पूर्ण पदाधिकारीप्रति विद्यालयका प्राध्यापक हुम प्रसाद ढकालले धन्यवाद तथा आभार व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विमक नेपाल लाइफका पदाधिकारी, अभिकर्ता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, साथै शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण