गोरखाका २५ मतदान केन्द्र अझै सडक सञ्जाल बाहिर
गोरखा । गोरखाका २५ मतदानस्थल अझै सडक सञ्जालसँग जोडिएका छैनन् । जिल्लाका जम्मा २२५ मतदानस्थलमध्ये २०० मतदानस्थल भने सडक सञ्जालसँग जोडिएको छ ।
अधिकांश हिमालपारिका गाउँपालिका चुमनुब्री र केही धार्चेका मतदानस्थल सडक सञ्जालदेखि तीन दिन दूरी टाढा सम्मका रहेका निर्वाचन कार्यालय गोरखाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका २४ र धार्चेका एक मतदानस्थल सडक सञ्जालसँग जोडिएका छैनन् ।
निर्वाचनका कर्मचारी तथा सुरक्षाकर्मीहरु चुमनुब्री गाउँपालिकाका मतदानस्थल पुग्न कम्तीमा तीनदिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।
सबैभन्दा टाढा चुमनुब्री–१ को साम्दो आधारभूत विद्यालय केन्द्र रहेको छ । त्यहाँसम्म पुग्न सडक पुगेको चुमनुब्री–३ पाङसिङबाट कम्तीमा तीन देखि चार दिनसम्म पैदल हिँड्नुपर्छ । सोही वडाको गौरीशङ्कर आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न पनि कम्तीमा तीन दिन पैदल हिँड्नुपर्छ । वडा नं ७ को छुलेनिले आधारभूत विद्यालय केन्द्र पुग्न तीन दिन हिँड्नुपर्छ ।
जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चुमनुब्री–२ को गाविस भवन स्यो केन्द्र, सामुदायिक भवन ल्हो केन्द्र, वडा नं ७ कै बुद्ध आधारभूत विद्यालय केन्द्र र छेकम आधारभूत विद्यालय केन्द्र पुग्न पनि निर्वाचनका कर्मचारीहरु सडकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्छ ।
वडा नं ४ को प्रोक आधारभूत विद्यालय प्रोक, हिमचुली आधारभूत विद्यालय छाक, नाम्रुङ स्वास्थ्यचौकी केन्द्र, क्वाक आधारभूत विद्यालय क्वाक पुग्न पनि दुई दिन पैदल हिँड्नुपर्छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार क्राक आधारभूत विद्यालय केन्द्र, गुम्बा हिमाली आधारभूत विद्यालय केन्द्रसम्म पुग्न एक दिन पैदल हिँड्नुपर्छ । वडा नं ६ को सिप्चेत आधारभूत विद्यालय केन्द्र, चुम्लिङ आधारभूत विद्यालय केन्द्र, सिद्धगणेश आधारभूत विद्यालय केन्द्र र खार सामुदायिक खोपकेन्द्र पुग्न पनि सडकदेखि एक दिन पूरै पैदल हिँड्नुपर्ने बाध्यता छ ।
वडा नं ३ को वुद्ध मावि केन्द्र, बुद्ध हिमाली आधारभूत विद्यालय न्याक केन्द्र, सिदुङ आधारभूत विद्यालय सस्र्यू केन्द्र, फिलिम आधारभूत विद्यालय पाती केन्द्र पनि सडक सञ्जालसँग जोडिएको छैन । ती केन्द्रहरु एक घण्टादेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने दूरीमा छन् ।
धार्चे गाउँपालिका–१ हुलचुक मतदान केन्द्रसम्म सडक निर्माण गरिए पनि मोटर चल्ने अवस्थाको नभएको वडाध्यक्ष रामसिङ गुरुङले बताए । त्यहाँ पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ ।
ती मतदान केन्द्रहरुबाट मतपेटिका ओसार्न विगतमा हेलिकप्टरको प्रयोग गरिएकाले यसपटक पनि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण