मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बेंगलुरुको सानदार जित: यूपी वारियर्स ९ विकेटले पराजित

मङ्गलबार, २९ पुस २०८२, ०९ : २६
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • महिला प्रिमियर लिग (डब्लूपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले यूपी वारियर्सलाई ९ विकेटले पराजित गर्यो।
  • बेंगलुरुका ग्रेस ह्यारिसले ८५ रनको अविजित इनिङ खेले भने कप्तान स्मृति मन्धानाले ४७ रनको योगदान दिए।
  • टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले यूपीलाई १४३ रनमा रोकेर जित हासिल गर्यो।

नयाँ दिल्ली ।  महिला प्रिमियर लिग (डब्लूपीएल) को पाँचौँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले यूपी वारियर्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा सोमबार भएको खेलमा बेंगलुरुले यूपीले दिएको १४४ रनको लक्ष्य मात्र १२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। 

बेंगलुरुका लागि ओपनर ग्रेस ह्यारिसले विष्फोटक ब्याटिङ गर्दै ४० बलमा ८५ रनको अविजित इनिङ खेलिन् भने कप्तान स्मृति मन्धानाले ४७ रनको योगदान दिइन्।

यसअघि टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले सुरुवातमै यूपीलाई दबाबमा राखेको थियो। ५० रन जोड्दा ५ विकेट गुमाएर संकटमा परेको यूपीको इनिङलाई डिएन्ड्रा डोटिन र दीप्ति शर्माले ९३ रनको साझेदारी गर्दै सम्हालेका थिए। यी दुईको प्रयासले यूपीले निर्धारित २० ओभरमा १४३ रनको सम्मानजनक योगफल तयार पारेको थियो। बलिङतर्फ बेंगलुरुका लागि श्रेयाङ्का पाटिल र नदिन डी क्लर्कले समान २-२ विकेट लिएका थिए।

प्रतियोगितामा बेंगलुरुको यो लगातार दोस्रो जित हो। यसअघि आफ्नो पहिलो खेलमा टोलीले साविक विजेता मुम्बई इन्डियन्सलाई हराएको थियो। 

अर्कोतर्फ, यूपी वारियर्सले भने लगातार दोस्रो हार बेहोर्नु परेको छ। यूपी पहिलो खेलमा गुजरात जायन्ट्ससँग १० रनले पराजित भएको थियो। 

यो नतिजासँगै अंक तालिकामा बेंगलुरु पहिलो स्थानमा छ भने गुजरात जायन्ट्स दोस्रो स्थानमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप