बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘आई. एम. मोडल सर्च’मा भाग लिन मानस्वी र जोसेफ उडे थाइल्यान्ड

मङ्गलबार, २९ पुस २०८२, १० : २८
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • मनस्वी बस्नेत र जोसेफ राई थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा भाग लिन गएका छन्।
  • मनस्वी 'मिलेनियम किड्स इन्टरनेशनल २०२६' र जोसेफ 'किडी फेस अफ द इयर इन्टरनेशनल २०२५' विजेता हुन्।
  • प्रतियोगितामा नेपालको तर्फबाट शेर्पा र राई समुदायको संस्कृति र भेषभुषा प्रदर्शन हुनेछ।

काठमाडौँ । थाइल्यान्डको कोरातमा आयोजना हुने अन्तर्राष्ट्रिय बालबालिका सम्बन्धी मोडलिङ प्रतियोगिता ‘आई. एम. मोडल सर्च’मा भाग लिन दुई नेपाली बालबालिका मनस्वी बस्नेत र जोसेफ राई थाइल्यान्ड उडेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न उनीहरू सोमबार साँझ थाइल्यान्ड उडेका हुन् । 

मनस्वी ‘मिलेनियम किड्स इन्टरनेशनल २०२६’की विजेता हुन्, भने जोसेफ ‘किडी फेस अफ द इयर इन्टरनेशनल २०२५’का विजेता हुन् ।  प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु पनि सहभागी हुँदै छन् ।

जनवरी १३ देखि १८ तारिखसम्म चल्ने ६ दिने उक्त प्रतियोगितामा १८ देखि २० देशका बालबालिकाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । यस वर्षको प्रतियोगितामा पर्यटन प्रवर्द्धन र मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको छ । प्रतियोगितामा मनस्वी बस्नेतले नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्दै सोही अनुसारको भेषभुषा र संस्कृति प्रस्तुत गर्नेछिन् । त्यसैगरी, जोसेफ राईले आफ्नो राई समुदायको मौलिक पोसाक र पहिचानलाई विश्व मञ्चमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

आयोजकका अनुसार यस पटकको फम्र्याटमा ‘नेशनल ड्रेस’ र सांस्कृतिक प्रस्तुतिलाई बढी जोड दिइएको छ। दक्षिण एसियाली देशहरूसँगै अफ्रिकी मुलुक र अस्ट्रेलियाको समेत सहभागिता रहने यस प्रतियोगिताले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप