निर्वाचनका कारण विमिन्स प्रिमियर लिगका खेल दर्शकविना खेलिने
सारांश
- महिला प्रिमियर लिग (डब्लूपीएल) अन्तर्गत नवी मुम्बईमा हुने केही खेलहरू दर्शकबिना हुने सम्भावना बढेको छ।
- जनवरी १५ मा हुने नवी मुम्बई महानगरपालिकाको निर्वाचनका कारण सुरक्षा व्यवस्था मिलाउन कठिन हुने भएपछि यस्तो तयारी गरिएको हो।
- प्रहरीले सुरक्षाकर्मी उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि दुई खेल डीवाई पाटिल स्टेडियममा दर्शक बिना हुनेछन्।
मुम्बई। महिला प्रिमियर लिग (डब्लूपीएल) अन्तर्गत यसै हप्ता नवी मुम्बईमा हुने केही खेलहरू दर्शकविना (बन्द रङ्गशालामा) हुने सम्भावना बढेको छ। जनवरी १५ मा हुन लागेको नवी मुम्बई महानगरपालिकाको निर्वाचनका कारण सुरक्षा व्यवस्था मिलाउन कठिन हुने भएपछि यस्तो तयारी गरिएको हो।
स्थानीय प्रहरीले निर्वाचनको समयमा क्रिकेट खेलका लागि पर्याप्त सुरक्षाकर्मी उपलब्ध गराउन नसक्ने जानकारी भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई गराइसकेको छ। प्रहरीको जानकारीपछि जनवरी १४ मा हुने दिल्ली क्यापिटल्स र यूपी वारियर्सबीचको खेल तथा जनवरी १५ मा हुने मुम्बई इन्डियन्स र यूपी वारियर्सबीचको खेल डीवाई पाटिल स्टेडियममा दर्शकविना सञ्चालन गरिनेछ।
हाल डब्लुपीएलको आधिकारिक अनलाइन टिकट प्लेटफर्ममा जनवरी १४, १५ र १६ का खेलहरूको टिकट बिक्रीका लागि राखिएको छैन।
जनवरी १६ मा गुजरात जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच प्रतिस्पर्धा हुने तालिका छ। डब्लुपीएलको कार्यतालिका गत नोभेम्बर २९ मा सार्वजनिक गरिएको थियो भने निर्वाचनको मिति डिसेम्बर १५ मा मात्र घोषणा भएको थियो।
निर्वाचनको मिति तय भएलगत्तै डब्लुपीएल समितिलाई यसबारे जानकारी गराइएको बुझिएको छ। प्रतियोगिताको उद्घाटन खेल र सप्ताहन्तका खेलहरूमा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो, तर सुरक्षा संवेदनशीलताका कारण अबका केही खेलमा भने रङ्गशाला खाली रहने भएको छ।
जनवरी १७ मा सोही रङ्गशालामा हुने मुम्बई विरुद्ध यूपी र दिल्ली विरुद्ध बेंगलुरुको खेलका लागि भने टिकट बिक्री भइरहेको छ। त्यसपछिका लिगका बाँकी सबै खेलहरू खेल्नका लागि टोलीहरू वडोदरा प्रस्थान गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण