संस्थापन र विशेष महाधिवेशन पक्षधरको वार्तामा जुटेन सहमति
सारांश
- कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिचको पहिलो चरणको वार्ता बिना सहमति सकियो।
- दुवै पक्षले आआफ्ना कुरा राखे पनि कुनै सहमति जुट्न नसकेको मधु आचार्यले बताए।
- दोस्रो चरणको वार्ताको लागि नेताहरूसँग छलफल भइरहेको छ।
काठमाडौँ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिचको पहिलो चरणको वार्ता सकिएको छ । पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिए ।
‘पहिलो चरणको वार्तामा कुनै सहमति जुट्न सकेन’, आचार्यले भने, ‘दुवै पक्षले आआफ्ना प्रस्ताव राखेका छौ तर सहमति भएन ।’आचार्यका अनुसार दोस्रो चरणको वार्तामा बस्ने नबस्ने भन्ने नेताहरूसँग कुरा गरेपछि टुंगो लाग्नेछ ।
विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे बसेका थिए ।
संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा बसेका थिए । वार्तामा विशेष पक्षमधरले अस्वाभाविक माग राख्दा निकास भेट्न कठिन भएको संस्थापन पक्षधरले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण