सहमतिका लागि देउवा पक्षसँग विशेष महाधिवेशन पक्षधरले राख्यो ३ अडान
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि ३ अडान राखेको छ।
- संस्थापन पक्षले सम्पूर्ण जिम्मेवारी छाड्नुपर्ने, आगामी निर्वाचनमा नलड्ने अडान छ।
- विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने पक्षधरको माग रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षले सहमतिका लागि ३ अडान राखेको छ ।
भृकुटीमण्डपमा प्रेस ब्रिफिङ गर्दै विशेष महाधिवेशन पक्षधरका सुवास पोखरेले सहमतिका लागि तीन वटा अडान रहेको बताएका हुन् ।
‘सभापतिले यो उ नभनी र छलकपट नगरी सम्पूर्ण जिम्मेवारी छाड्नुपर्छ । दोस्रो आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ लड्नुहुँदैन’, पोखरेलले भने, ‘उहाँले चुनाव नलडेपछि कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ ।’
त्यस्तै उनले विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने तेस्रो अडान रहेको विशेष महाधिवेशन पक्षधरको रहेको छ । ‘महाधिवेशनका प्रतिनिधिहरुलाई हेप्ने काम नगर्नुस् । हाम्रातर्फबाट छलफलमा गएका साथीहरूले गरेका सहमति हाउसले पास गर्छ ।’
अहिले केहीबेरमा संस्थापन पक्ष र महाधिवेशन पक्षबिच केहीबेरमा दोस्रो चरणको छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण