कांग्रेस विशेष महाधिवेशन पक्षको अडानः नयाँ नीति र नेतृत्व चयन हुन्छ
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नीति र नेतृत्व चयन गर्ने दृढता व्यक्त गरिएको छ।
- निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि, प्रचार समितिले निर्वाचन र नेतृत्व परिवर्तनको प्रक्रिया नरोकिने जनाएको छ।
- संयोजक पोखरेलले सभापति देउवालाई निर्वाचनमा भाग लिन निम्तो दिएका छन् र भागबण्डा स्वीकार्य नहुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले नयाँ नीति र नेतृत्व चयन गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। मङ्गलबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन प्रचार समितिले यस्तो जानकारी दिएको हो।
प्रचार समितिका संयोजक सुवाष पोखरेलले नयाँ नीति र नेतृत्व चयन नगरी आफूहरू हलबाट बाहिर ननिस्कने निष्कर्षमा पुगेको बताए। संस्थापन पक्षले आफ्ना मागहरू सम्बोधन गर्ने छाँट नदेखेपछि बाध्य भएर निर्वाचन प्रक्रिया सुरु गरिएको उनले स्पष्ट पारे।
संयोजक पोखरेलले निर्वाचन प्रक्रियामा सहभागी हुन र सभापति पदका लागि मनोनयन दर्ता गर्न वर्तमान सभापति शेरबहादुर देउवालाई समेत निम्तो दिएका छन्। संस्थापन पक्षसँग संवादका ढोकाहरू खुल्ला रहे पनि अब निर्वाचन र नेतृत्व परिवर्तनको प्रक्रिया नरोकिने उनले दोहोर्याए।
सबै पदाधिकारीको निर्वाचन हुने भएकाले कुनै पनि प्रकारको भागबण्डा स्वीकार्य नहुने उनको भनाइ छ। निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेकाले अब मतदाता नामावली प्रकाशन गर्ने र वैधानिक ढङ्गले अगाडि बढ्ने तयारी प्रचार समितिले गरेको छ।
संवादले आफ्ना एजेन्डा सम्बोधन गर्छ भने आफूहरू वार्ताका लागि तयार रहेको तर त्यसले निर्वाचन प्रक्रियालाई अवरुद्ध नगर्ने पोखरेलले बताए। उनले वार्ताका क्रममा भएका सहमतिहरूलाई पनि महाधिवेशन हलमा पेश गरिने र हलको म्यान्डेट अनुसार नै अन्तिम निर्णय हुने जानकारी दिए। यस पटक कांग्रेसमा नीति र नेतृत्व दुवै बदलेर जाने कुरामा आफूहरू प्रष्ट रहेको उनले उल्लेख गरे। उता संस्थापन पक्षले भने यो विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण