‘पुरानाका विरुद्ध बालेन/रविहरू लोकप्रिय छन्, तर भरपर्दा भएनन्’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बालेन शाह, रवि लामिछानेहरू लोकप्रिय भएपनि भरपर्दा नभएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भुसालले यस्तो बताएका हुन् । पुराना नेताहरुविरुद्ध बालेन,रविहरू लोकप्रिय भएपनि भरपर्दा नभएको बताएका हुन् ।
'संविधान बनेपछि समाजले त्यसलाई बोक्न सक्ने पार्टी खोजेको थियो । कम्युनिस्ट र कांग्रेसहरुले त्यो काम गर्न सकेनन् । बालेन,रविहरू लोकप्रिय भएपनि भरपर्दा भएनन् । समाजले भरपर्दा शक्ति खोजेको छ,' उनले भने ।
उनले गत भदौ २३ र २४ गतेपछि पुराना पार्टीका नेताहरूले सरक्क छोडेको भए अहिलेसम्म मुलुक ती पार्टीको वरिपरि गोलबन्द भइसक्ने बताउँदै भने,'एमाले र माओवादीका दरबारले रूपान्तरणलाई इन्कार गरे । कांग्रेसमा जीवन छ कि भनेर अहिले जनताले आशाका नजरले हेरेका छन् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण