बाल सुधार गृहको व्यवस्थापनमा सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री श्रेष्ठ
पोखरा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधार गृहको समग्र व्यवस्थापन र संरचना निर्माणमा सरकार गम्भीरताका साथ लागिपरेको बताएकी छन्। मङ्गलबार पोखरामा आयोजित स्थानीय र प्रदेशमा हस्तान्तरण भएका कार्यक्रमहरूको समीक्षा तथा सुधार विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन्। म
न्त्रालयले बालबालिकाको हितका लागि १० वर्षे कार्ययोजना समेत पारित गरिसकेको र अहिले यो कार्यान्वयनको चरणमा रहेको उनले स्पष्ट पारिन्। मन्त्री श्रेष्ठका अनुसार नुवाकोटमा बाल सुधार गृहको व्यवस्थापनका लागि विशेष कार्यक्रम अगाडि बढिसकेको छ।
सरकारले सुधार गृहहरूको भौतिक अवस्था सुदृढ गर्नुका साथै त्यहाँको आन्तरिक व्यवस्थापनलाई मानवीय र सुधारमुखी बनाउन ध्यान केन्द्रित गरेको उनको भनाइ छ। यसका साथै प्रदेश सरकारहरूमार्फत अपाङ्गता रोकथाम र पुनःस्थापनाका लागि आवश्यक बजेट रकमान्तर गरी कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताइन्।
हाल कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा अपाङ्गता पुनःस्थापना सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाइएको मन्त्री श्रेष्ठले जानकारी दिइन्। अनुगमन प्रक्रिया केवल कमजोरी औँल्याउनका लागि मात्र नभई देखिएका समस्याहरूलाई सुधार्दै अघि बढ्ने एउटा महत्वपूर्ण माध्यम भएको उनले उल्लेख गरिन्।
संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमहरूको प्रभावकारिता बढाउन मन्त्रालयले निरन्तर समन्वय गरिरहने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण