ललितपुर–३ बाट उम्मेदवारी दर्ता गरिसकेँ: डा. तोसिमा कार्की
सारांश
- डा. तोसिमा कार्कीले रास्वपा पार्टी नछाड्ने घोषणा गरेकी छिन्।
- उनले पार्टीलाई मुलधारको पार्टी बनाउन सुरुदेखि नै लागेको र लागिरहने बताएकी छिन्।
- उनले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने र बाँकी निर्णय जनताको जनादेश अनुसार हुने बताइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा विघटित प्रतिनिधिसभाकी सांसद डा. तोसिमा कार्कीले पार्टी नछोड्ने स्पष्ट घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा आफू पार्टी छोड्न लागेको भन्ने अफवाह फैलिएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाएकी हुन् ।
मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै डा. कार्कीले रास्वपालाई ‘वैकल्पिक होइन, मुलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत् पार्टी’ बनाउन सुरुदेखि नै लागिरहेको र लागिरहने स्पष्ट पारेकी छन् । उनले देशका ६० जिल्लामा आफैँ पुगेर संगठन विस्तार गरेको र विदेशमा प्रवास विभाग गठनमा भूमिका खेलेको उल्लेख गरेकी छन् ।
‘मैले दुःख गरेको, राजनीति सुरु गरेको र सपना देखेको पार्टी भएकाले रास्वपाप्रति माया लाग्छ,’ उनले लेखेकी छन्। साथै, पार्टीभित्रबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराइसकेको जानकारी दिँदै बाँकी निर्णय जनताको जनादेशअनुसार हुने बताएकी छन् ।
डा. कार्कीले अब यस्ता झुटा अफवाहमा नपर्न सबैलाई आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण