बुद्ध एयरको आकस्मिक ढोका खोल्ने एक यात्रु पक्राउ
सारांश
- भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोले।
- यात्रुले ढोका खोलेपछि उडान स्थगित भयो र जहाजको प्राविधिक परीक्षण सुरु गरियो।
- बुद्ध एयरका अनुसार, घटनामा संलग्न यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको छ र उडान ढिला भएको छ।
भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनाधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान ढिला भएको छ।
बुद्ध एयरका अनुसार आज निर्धारित उडान नं. ८५२ (जहाज ९एन-एएमडी) मा सवार यात्रु सुमन गौतमले आकस्मिक ढोका खोलेका थिए। उक्त घटनापछि उडान तत्काल स्थगित गरिएको थियो।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले हवाई सुरक्षा मापदण्डअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको बताए। उनले भने, 'यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि जहाजको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण आवश्यक हुन्छ। त्यसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ।'
उनले घटनामा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बताए। प्राविधिक टोलीद्वारा विस्तृत परीक्षण सम्पन्न भई जहाज सुरक्षित ठहरिएपछि मात्र उडान सञ्चालन गरिने उनले बताए।
घटनापछि उडान केही समयका लागि ढिलाइ भएको छ भने यात्रुहरूलाई आवश्यक जानकारी दिइएको बुद्ध एयरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण