राष्ट्रिय संकटको बेला नेतृत्व दिन सक्ने नेता प्रचण्ड हुन् : राजेन्द्र श्रेष्ठ
बुधबार, ३० पुस २०८२, १५ : ०६
सारांश
- राजेन्द्र श्रेष्ठले राष्ट्रिय संकटमा प्रचण्डले नेतृत्व दिन सक्ने बताए।
- उनले कांग्रेस र एमाले संकटको बेला भाग्ने बताउँदै उनीहरूबाट समाधान नहुने जिकिर गरे।
- श्रेष्ठले संघीयता, राष्ट्रियता र समावेशीको रक्षाका लागि नेकपामा समायोजन हुन आग्रह गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले राष्ट्रिय संकटको बेला नेतृत्व दिन सक्ने नेता पुष्पकमल दाहाल प्रचण्ड भएको जिकिर गरेका छन् । राष्ट्रियसभा गृहमा बुधबार आयोजित एकता समायोजन कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले संकटको बेला भाग्ने कांग्रेस र एमालेको पछि लागेर समाधान नहुने उनको जिकिर गरेका हुन् ।
‘राष्ट्रिय संकटको बेला प्रचण्डको नाम लिन्छ । जनयुद्ध र जनआन्दोलनलाई फ्युजन गर्नुपर्ने माधव र झलनाथ खनाल हुन् । जनतालाई समस्या नेतृत्व नदिने कांग्रेस र एमालेलाई भोट दिएर हुँदैन । स्याल जतिसुकै तन्नेरी भए पनि केही हुँदैन । कांग्रेस र एमाले गनाइसकेको छ’, उनले भने ।
सङ्घीयता, राष्ट्रियता र समावेशीको रक्षाका लागि सबै जना नेकपामा समायोजन हुन श्रेष्ठले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण