जीवनबहादुर शाहीले भने- पार्टीलाई विग्रहबाट जोगाउन नसकेकोमा क्षमा चाहन्छौँ
बुधबार, ३० पुस २०८२, १७ : ०२
सारांश
- नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले पार्टीलाई विग्रहबाट जोगाउन नसकेकोमा दुःख व्यक्त गरे।
- पार्टी विभाजनपछि शाहीले सामाजिक सञ्जालमा क्षमायाचना गर्दै कार्यकर्तालाई विचलित नहुन आग्रह गरे।
- उनले पार्टी विभाजन रोक्नका लागि संस्थापन पक्षले धेरै प्रयास गरेको तर सफल नभएको बताए।
सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पार्टीलाई विग्रहबाट जोगाउन नसकिएको बताएका छन् । कांग्रेस संस्थापन पक्षधर नेता शाहीले पार्टी विभाजनपछि सामाजिक सञ्जालमा लेख्दै संस्थापन पक्षको अधिकतम लचकताका बाबजुद पनि पार्टी विभाजित भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘सभापतिज्यू सहित नेतृत्व र संस्थापन पक्षको अधिकतम लचकताका बाबजुद पनि पार्टीलाई विग्रहबाट जोगाउन सकिएन । हाम्रा सम्पूर्ण सत्प्रयासहरू निष्प्रभावी हुन पुगे ।’
साथै शाहीले पार्टीलाई विभाजनबाट जोगाउन नसकेकोमा क्षमा मागेका छन् । उनले भनेका छन्, ‘विभाजनबाट जोगाउन नसकेकोमा हामी क्षमा चाहन्छौँ । सम्पूर्ण पार्टीका कार्यकर्तालाई विचलित नभई मूल पार्टीमा लाग्न र मूल पार्टीमा फर्कन म हार्दिक अपिल गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण