केन्द्रीय कार्यसमिति विघटन भइसक्यो, महामन्त्रीमाथिको कारबाही अवैध : पुष्पा भुसाल
सारांश
- पुष्पा भुसालले विशेष महाधिवेशनपछि महामन्त्रीमाथि गरिएको कारबाहीलाई कानुनी मान्यता नहुने बताइन्।
- उनका अनुसार, केन्द्रीय कार्यसमिति विघटन भइसकेकाले स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार सुरक्षित छैन।
- भुसालले विधानको हवाला दिँदै यस्तो कारबाही विधानसम्मत नभएको र यसको कुनै वैधता नहुने बताइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको बन्दसत्रले केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै कानुनी हैसियत नहुने बताएकी छन् । बुधबार भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्षका महामन्त्रीहरूमाथि गरिएको भनिएको कारबाहीलाई 'औचित्यहीन' संज्ञा दिइन् ।
भुसालका अनुसार महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले पार्टीको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिसकेको छ । यसरी कार्यसमिति नै अस्तित्वमा नरहेको अवस्थामा कसैलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार कुनै निकायसँग सुरक्षित नरहेको उनले स्पष्ट पारिन् । बन्दसत्रले पार्टीको नयाँ नीति पारित गर्दै नेतृत्वलाई बिदाइ गरिसकेकाले अब केन्द्रीय कार्यसमितिको नाममा हुने कुनै पनि निर्णयलाई महाधिवेशन प्रतिनिधिहरूले मान्यता नदिने उनको जिकिर छ ।
उनले विधानको हवाला दिँदै भनिन्, ‘केन्द्रीय कार्यसमिति विघटन भइसकेपछि त्यसले आफ्नो कानुनी र राजनीतिक औचित्य गुमाइसकेको हुन्छ । यस्तो स्थितिमा गरिएको कारबाहीको कुनै वैधता हुँदैन र यो विधानसम्मत पनि छैन ।’ विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेर पार्टीलाई आगामी निर्वाचनतर्फ केन्द्रित गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण