ट्राफिक सप्ताह २०८२ः मस्कटसहित सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम
बिहीबार, ०१ माघ २०८२, ०२ : २३
सारांश
- नयाँ बसपार्क ट्राफिक प्रहरीले ट्राफिक सप्ताहको अवसरमा सचेतनामूलक कार्यक्रम गर्यो।
- सवारी चालक र सर्वसाधारणलाई स्टिकर टाँस्ने र पर्चा पम्प्लेट वितरण गरियो।
- मस्कटमार्फत ट्राफिक नियमको पालना र सुरक्षित सवारीबारे सन्देश दिइयो।
काठमाडौँ । ट्राफिक सप्ताह २०८२ को अवसरमा ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कले बुधबार सवारी दुर्घटना न्यूनीकरणका लागि मस्कटसहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत सवारी साधनमा स्टिकर टाँस्ने, सवारी चालक तथा सर्वसाधारणलाई लक्षित गरी पर्चा–पम्प्लेट वितरण गर्ने कार्य गरिएको थियो । साथै मस्कटमार्फत सवारी दुर्घटनासम्बन्धी नाटक प्रदर्शन गर्दै ट्राफिक नियमको पालना, सुरक्षित सवारी र जिम्मेवार चालकको महत्वबारे व्यवहारिक सन्देश प्रवाह गरिएको थियो ।
सो अवसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर कुमार शाहले ट्राफिक नियमको पालना सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सानो सावधानीले ठुलो दुर्घटना रोक्न सकिने बताए । उनले सबैलाई सचेत, अनुशासित र जिम्मेवार भई सवारी साधन सञ्चालन गर्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण