सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधि : अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने
सारांश
- केन्द्रीय चलचित्र जाँचपास समितिले चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ लागु गरेको छ।
- नयाँ कार्यविधिले फिल्मको सेन्सरमा वर्गीकरणलाई जोड दिनेछ, जसले दर्शकको उमेर समूहलाई लक्षित गर्नेछ।
- यो कार्यविधिले सेन्सर प्रक्रियालाई व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउने लक्ष्य राखेको छ।
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । फिल्मको सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने गरेर यो कार्यविधि ल्याइएको हो ।
अब सेन्सरले फिल्मको सेन्सर गर्दा कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरणमा जोड दिनेछ । कार्यविधिको बुँदा नम्बर ५ मा वर्गीकरणको विषय समेटिएको छ । जसमा भनिएको छ, ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्र प्रयोग भएका हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यनजर गरि चलचित्र हेर्न दर्शकको उमेर समूह लक्षित वर्गीकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहाय बमोजिमको लोगो अङ्कित प्रमाण पत्र दिनुपर्नेछ ।’
यसै बुँदाको क, ख ग र घमा फिल्मको वर्गीकरण गरिएको छ । चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ ल्याइएको सेन्सर बोर्ड सदस्य सम्पन्न श्रेष्ठले बताए ।
‘सेन्सर बोर्डमा अहिले अध्यक्ष, विज्ञदेखि सबै समितिका सदस्य नयाँ छन् । हामीले सुरुदेखि नै फिल्मको सेन्सरमा सहज गर्दै आएका छौँ’, श्रेष्ठले भने ‘अब सेन्सरले फिल्म वर्गीकरणमा जोड दिनेछ ।’
समितिले ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ मा पुसदेखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि २०८२’ को सातौँ बुँदामा रहेको ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’लाई पनि हटाएको छ ।
केहीअघि ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’का केही बुँदामा विवादित बनेपछि समितिले नयाँ कार्यविधि ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण