बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अहिले संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ : प्रधानमन्त्री कार्की

बिहीबार, ०१ माघ २०८२, १६ : ४५
बिहीबार, ०१ माघ २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले माघी पर्वको अवसरमा एकता र संयमको आवश्यकता औंल्याइन्।
  • उनले मौलिक चाडपर्वले आपसी सद्भाव र एकता कायम गर्ने बताइन्, र सरकारको प्रतिबद्धता दोहोर्याइन्।
  • थारु समुदायको संस्कृति, भाषा र पहिचानको संरक्षणमा सरकारले जोड दिने कुरामा उनले जोड दिइन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन् । माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वले आपसी सम्मान, एकता, सदभाव र सहअस्तित्व कायम गर्ने भन्दै अहिलेको विशिष्ट परिस्थितिमा अझै संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी हुन् ।

सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहानुभूति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्नेमा नले जोड दिइन् । प्रधानमन्त्री कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन सरकार सदैव प्रतिबद्ध रहेको धारणा राखिन् ।

अरूले पाएको सुविधा जस्तै थारु समुदायले पनि आफ्नो सुविधा पाउनुपर्नेमा सरकार सजग रहेको उनको भनाइ छ । ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीका साथै थारु सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा लगायतका नाच प्रदर्शन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप