बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु
सारांश
- काठमाडौँ महानगरपालिकाले १५१ वर्ष पुरानो 'ढोका छेँ' पुनर्निर्माण सुरु गर्यो।
- वडाले १३ लाख ७० हजारको लागतमा फल्चा पुनर्निर्माण थाल्यो, जसले ऐतिहासिकता जोगाउनेछ।
- फल्चा बच्छलेश्वरी जात्राको अभिन्न अंग हो, जहाँ बालबालिकाको स्वर खुल्ने जनविश्वास छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै एक सय ५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु गरेको छ । काठमाडौँको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा एक सय ५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको सोमबारबाट पुनर्निर्माण सुरु भएको छ ।
कामपा वडा नं ८ का अध्यक्ष एवं कामपाको सम्पदा तथा पर्यटन समिति संयोजक आशामान सङ्गतले जगपूजा गर्दै पुनर्निर्माणको काम प्रारम्भ गरेका हुन् । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब रु १३ लाख ७० हजार लागतमा फल्चा पुनर्निर्माण थालेको संयोजक सङ्गतले जानकारी दिए ।
पुनर्निर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउनेगरी काम गरिने वडाध्यक्ष सङ्गतले जानकारी दिएनन् । यो फल्चा केवल विश्रामस्थल मात्र होइन । पाशुपतको महत्त्वपूर्णमध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो । अध्यक्ष सङ्गतका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो ।
फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने जनविश्वास छ । यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुनर्निर्माण थालिएको कामपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण