पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदका लागि दरखास्त आह्वान
शुक्रबार, ०२ माघ २०८२, ०८ : २५
सारांश
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
- प्रतिष्ठानले करार सेवाका कर्मचारीलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने जनाएको छ।
- उम्मेदवारले माघ २२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् र बैंक भौचर संलग्न गर्नुपर्नेछ।
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
आज एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने जनाएको छ।
योग्य उम्मेदवारले आगामी माघ २२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । इच्छुक उम्मेदवारले प्रतिष्ठानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी नेपाल बैंक लिमिटेड, लगनखेलमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्नेछ।
दरखास्त फारामसहित आवश्यक कागजातहरू प्रतिष्ठानको प्रशासन महाशाखामा बुझाउन सूचनामार्फत आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण