लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
शुक्रबार, ०२ माघ २०८२, ०९ : १६
सारांश
- लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति र माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।
- माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिएको थियो।
- आज प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय तथा स्थानीय तहमा बिदा दिइएको छ।
बुटवल । माघे सङ्क्रान्ति तथा थारु समुदायको महान् पर्व माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार परेको माघे सङ्क्रान्ति र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
लुम्बिनी प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिएको थियो ।
सोही निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय तथा स्थानीय तहका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण