रामेछापमा निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिने समय थप
सारांश
- रामेछापमा निर्वाचन प्रहरीका लागि आवेदन दिने समय थप गरिएको छ।
- जिल्ला प्रहरी कार्यालय रामेछापले भर्ना छनौटलाई प्रतिस्पर्धी बनाउन समय थप गरेको जनाएको छ।
- अन्य जिल्लाहरूले पनि निर्वाचन प्रहरीको आवेदन समय थप गरेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा रामेछाप जिल्लामा खटिने निर्वाचन प्रहरीका लागि आवेदन दिने समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले पुस १४ मा पहिलोपटक १४ सय २९ जना निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेको थियो ।
माघ २ र ३ गते शनिवार सम्म समय थप गरेर दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । उनले भने– ‘भर्ना छनौटलाई प्रतिस्पर्धी बनाउन दुई दिन समय थप गरेर दरखास्त माग गरिएको छ ।’
रामेछापमा नेपाल प्रहरीले १३ सय ३३ जना र सशस्त्रले ९६ जना निर्वाचन प्रहरी भर्ना लिँदैछन् । आवेदन कम परेपछि अरू जिल्लाले पनि धमाधम आवेदन दिने समय थपेर सूचना प्रकाशन गरिरहेका छन् ।
दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, कास्की र स्याङ्जामा पनि मागभन्दा थोरै प्रतिस्पर्धी भएपछि आवेदन दिने समय थप गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुकले बिदाको दिनमा पनि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण