‘विशेष महाधिवेशनको वैधानिक हैसियत छैन, देउवा नै आधिकारिक सभापति’
सारांश
- देउवा समूहका नेताहरूले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका छन्।
- नेताहरूले विशेष महाधिवेशनका निर्णयहरू संविधान, कानुन र पार्टी विधानविपरीत भएको बताए।
- कांग्रेस नेताहरूले निर्वाचन आयोगलाई विधि र विधान अनुसार निर्णय गर्न आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहका नेताहरूले अर्को पक्षले गरेको विशेष महाधिवेशनको कुनै वैधानिक हैसियत नरहेको टिप्पणी गरेका छन् । शुक्रबार निर्वाचन आयोगमा पुगेका संस्थापन पक्षका नेताहरूले व्यक्तिको आह्वानमा भएको विशेष महाधिवेशनको कुनै कानुनी आधार नरहेको र अहिले पनि कांग्रेस बलियो अवस्थामा रहेको दाबी गरे ।
आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनका नाममा भएका निर्णयहरू संविधान, कानुन र पार्टीको विधानअनुसार नरहेको बताए । कानुनअनुसार नै निर्वाचन आयोगले निर्णय गर्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । अहिले पनि कांग्रेसको सभापति शेरबहादुर देउवा नै रहेकाले त्यसलाई परिवर्तन गर्ने कुनै आधार नभएको उनले जिकिर गरे ।
त्यस्तै नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन पक्षधरको दाबी गलत र अवैध भएकाले यसमा दुविधा राख्नुपर्ने कुनै अवस्था नरहेको बताए । कांग्रेस एक भएर अघि बढ्ने भन्दै अब निर्वाचन केन्द्रित कार्यक्रममा लाग्ने उनले जानकारी दिए ।
अर्का नेता मोहन बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व नै आधिकारिक भएकाले निर्वाचन आयोगले सोहीअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । नेताहरूले आयोगले विधि विधानविपरीत निर्णय गरे राज्यका लागि दुर्भाग्य हुने चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण