प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय
सारांश
- गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको छ।
- बढुवा समितिले गरेको सिफारिस अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवाको निर्णय गरेका हुन्।
- बढुवा हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी लगायतका प्रहरी उपरीक्षक रहेका छन्।
काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले पुस २४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार एसएसपी बढुवाको निर्णय गरेका हुन् ।
एसएसपीमा बढुवा हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा छन् ।
गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्रहरीमा प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरेको हो । प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ । अर्को एउटा दरबन्दी ओएण्डएम मार्फत थप गरिएको छ ।
बढुवा भएका एसएसपीहरूलाई शुक्रवार नै आईजीपी दान बहादुर कार्कीले दर्ज्यानी चिन्ह प्रदान गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण