सभापतिबारे निवर्तमान महामन्त्रीद्वयले झुट बोले : खड्का
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएको छ।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विखण्डन रोक्न नसकिएको र विशेष महाधिवेशनको औचित्य सकिएको बताए।
- खड्काले विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै आपत्ति जनाए, र सभापतिलाई दोष दिनु सरासर झुट भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विखण्डन रोक्न नसकिएको बताए ।
उनले विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत नियमित महाधिवेशनको तालिका ल्याएपछि सकिएको बताए । त्यो बैठकमा कार्यतालिकामा निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि सहमति रहेको बताए ।
प्रतिनिधिसभाको निर्वाचन अघि बढिसकेको, राष्ट्रियसभाको उम्मेदवारी दर्ता भइसकेको समयमा पार्टीमा बखेडा झिकेर विशेष महाधिवेशन नामको भेला गरिएको भन्दै खड्काले आपत्ति जनाए । ‘विशेष महाधिवेशनको भेलाको नाममा काम अघि बढाएको जानकारी पाइयो । विशेष महाधिवेशन गर्ने भनेको पार्टीलाई विखण्डन पार्ने हो । जनताले पार्टीलाई गरिएको विश्वास र भरोसा टुट्छ भनियो,’ खड्काले पत्रकार सम्मेलनमा भने, ‘उहाँहरू (थापा र शर्मा) ले उठाएका सबै कुरा सम्बोधन गर्ने गरी अघि बढाइयो । सभापतिले समेत बोलाएर छलफल गर्नुभयो । तपाईंहरूकै निर्णयले मेरो सही चल्यो । राष्ट्रिय सभाको उम्मेदवारको टिकटमा मैल सही गरेँ । प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा गरेँ । अहिले प्रत्यक्षको बेला आएको छ । टिकटमा हस्ताक्षर तपाईंले जसलाई भन्नुहुन्छ, उसलाई दिनुस् तर पार्टी विखण्डन रोक्नुस् भनेर ३० गते बिहान भन्नुभयो ।’
खडकाले अहिलेको अवस्था आउनुमा सभापतिलाई दोष दिनु सरासर झुट भएको बताए । ‘उहाँहरूले जे जे कारणले सभापतिलाई दोष दिएर यो अवस्था आयो भन्नुभयो त्यो सारा कुरा झुटा हुन्, गलत हुन् । विशेष बोलाउने अधिकार उहाँहरूलाई विधानले दिएको छैन ।’
खड्काले नियमित र विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमिति र कार्यालयलाई मात्रै भएको बताए ।
‘कांग्रेसको नियमित र विशेष महाधिवेशन ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गर्न सक्छन् । तर, गर्ने नगर्ने निर्णय लिने अधिकार केन्द्रीय कार्यसमिति र कार्यालयलाई छ । सभापति, कार्यवाहक सभापति, महामन्त्री कसैलाई पनि छैन,’ खड्काले भने, ‘तसर्थ यो विशेष महाधिवेशनका नाममा गरिएको भेला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण