रौतहटमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू उद्घाटन गरिएका छन्।
जिल्ला सदरमुकाम गौरसहित राजपुर, कटहरिया र चन्द्रनिगाहपुरमा छुट्टाछुट्टै कार्यक्रमका बिच कार्यालयहरू सञ्चालनमा ल्याइएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरस्थित कर कार्यालयको भवनमा जिल्ला न्यायाधीश मनोज केसीले उद्घाटन गरेसँगै निर्वाचनको प्रशासनिक कामले औपचारिक गति लिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत मनोज केसी, क्षेत्र नम्बर २ मा सीताराम खड्का, क्षेत्र नम्बर ३ मा अवधकिशोर प्रसाद कुशवाहा र क्षेत्र नम्बर ४ मा उद्धव ढोडारीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। कार्यालय स्थापना हुनुअघि जिल्ला सुरक्षा समितिको टोलीले सबै क्षेत्रका कार्यालयहरूको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्थाको जानकारी लिएको थियो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निर्वाचनलाई निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण