विशेष महाधिवेशनमा नजोडिएका साथीहरू पनि अब जोडिनुपर्छ : महामन्त्री प्रदीप पौडेल
सारांश
- प्रदीप पौडेलले दोस्रो विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई पार्टीमा सक्रिय हुन आग्रह गरे।
- उनले पार्टीलाई गतिशील बनाउन युवा पुस्ताको आवाज बुलन्द पार्दै सबैलाई एकताबद्ध हुन आह्वान गरे।
- पौडेलले आगामी निर्वाचनको तयारीका लागि कांग्रेसलाई सक्षम र रूपान्तरण भएको पार्टी बनाउने दाबी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दोस्रो विशेष महाधिवेशनमा नजोडिएका साथीहरूलाई अब पार्टीमा सक्रिय भएर सहभागी हुन आह्वान गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पौडेलले पार्टीको साझा प्रयासले कांग्रेसलाई थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनाएको बताएका छन् । उनले सबै सदस्यलाई एकताबद्ध भएर अघि बढ्न र कसैले पनि हारेको महसुस नगर्न आग्रह समेत गरेका छन् ।
उनले युवा पुस्ता (जेनजी) ले उठाएको आवाजलाई बुलन्द पार्दै चारतारे झण्डामुनि गोलबद्ध भएर बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सबल र एकताबद्ध बनाउन सबैलाई सक्रिय रहन आह्वान गरेका छन्।
महामन्त्री पौडेलले आगामी आम निर्वाचनको तयारीमा कांग्रेसलाई सक्षम, एकताबद्ध र रूपान्तरण भएको पार्टीका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउँदै अबको कांग्रेसले देशको रूपान्तरणमा अग्रसर हुने दाबी गरे। आजै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण