पाल्पामा चुनावी चहलपहल सुरु
पाल्पा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ ।
यहाँका टोल टोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले युवा पुस्ता त्यसका निम्ति उपयुक्त भएका बताउँदै राजनीतिक दलहरूले पनि युवालाई प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने अभिमत जाहेर गरेका छन् ।
यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिसकेका छ । यहाँको क्षेत्र नंं १ मा ९८ हजार ३८३ जना मतदाता छन् । जिल्लामा मतदानस्थल ५२ र ११७ मतदान केन्द्र कायम भएका छन् ।
क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ जना मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र कायम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण