वार्ता र संवादका माध्यमबाट समाधान खोज्न त्रिविको आग्रह
सारांश
- त्रिविले वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेको छ।
- शैक्षिक गतिविधिमा अवरोध नगर्न र शैक्षिक पात्रोअनुसार काम गर्न अनुरोध छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा अधिकृत भोला महतोले शनिबार विज्ञप्ति जारी गरी तोकिएको शैक्षिक सत्र (वर्ष) भित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् । कुनै समस्या र असहमति भए वार्ता एवं संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न विद्यार्थी, शुभचिन्तक र सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
“शैक्षिक तथा प्राज्ञिक निकायमा हुने तालाबन्दी, हडताल, आगजनी र तोडफोडलगायत गैरप्राज्ञिक गतिविधिले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर परेको छ । तोकिएको शैक्षिक सत्र (वर्ष) भित्र विद्यार्थीले उपाधि प्राप्त गर्न नसकेमा विद्यार्थीले थप समय र लगानी खर्चनु पर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अतः विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको पात्रोअनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रावधान नभएको बेहोरा जानकारी गराइन्छ ।”
त्रिविले परीक्षा व्यवस्थापनअन्तर्गत रजिस्ट्रेसन, कक्षा सञ्चालन, परीक्षा फाराम सङ्कलन तथा व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनलगायत शैक्षिक पात्रो कार्यान्वयनको महत्त्वपूर्ण पक्ष रहेको स्मरण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण