काठमाडौँमा निर्वाचन प्रहरीको शारीरिक परीक्षा तालिका सार्वजनिक, नतिजा माघ ८ गते आउने
सारांश
- काठमाडौं प्रहरीले निर्वाचनका लागि म्यादी प्रहरीको शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका सार्वजनिक गरेको छ।
- परीक्षा कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा हुनेछ, र उम्मेदवारले प्रवेश पत्र र नागरिकता अनिवार्य ल्याउनुपर्नेछ।
- नतिजा माघ ८ गते प्रकाशित हुनेछ, जुन काठमाडौं प्रहरी परिसरको सूचना पाटीमा हेर्न सकिनेछ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना हुन लागेका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका र स्थान सार्वजनिक गरेको छ । २०८२ फागुन २१ गते हुने चुनावको सुरक्षाका लागि आवेदन दिएका उम्मेदवारहरूको छनोट परीक्षा कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा हुने भएको हो ।
उम्मेदवारहरूले सम्बन्धित कार्यालयबाट प्राप्त गरेको प्रवेश पत्र र आफ्नो सक्कल नागरिकता अनिवार्य रूपमा साथमा लिई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने नियम बनाइएको छ ।
परीक्षामा सहभागी हुन आउँदा उम्मेदवारहरूले तोकिएको पोसाक लगाउनुपर्नेछ । जसअनुसार पुरुष उम्मेदवारले गेम ड्रेस र पिटी जुत्ता तथा महिला उम्मेदवारले ट्र्याक सुट र पिटी जुत्ता लगाएर उपस्थित हुनुपर्नेछ । तोकिएको मापदण्ड पूरा नगर्ने वा आवश्यक कागजात नबोक्ने उम्मेदवार परीक्षामा सहभागी हुन पाउने छैनन् ।
काठमाडौँ परिसर तथा सशस्त्र प्रहरीमा आवेदन दिई लेबोरेटरी स्कुलमा हुने शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षाको नतिजा भने २०८२ माघ ८ गते बिहान १२ बजे प्रकाशन गरिनेछ । उक्त नतिजा जिल्ला प्रहरी परिसर काठमाडौँको सूचना पाटीमा हेर्न सकिने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण