ग्रिनल्यान्ड मामिलामा यूरोपमाथि नयाँ ट्यारिफ लगाउने ट्रम्पको धम्की
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली मुलुकहरूमाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।
- फेब्रुअरी १ देखि युरोपबाट आयात हुने सामानमा १० प्रतिशत र जुन १ देखि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाइनेछ ।
- युरोपेली नेताहरूले यस कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् र व्यापार सम्झौता निलम्बनको माग गरेका छन् ।
नूक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड किन्ने सम्झौता नभएसम्म युरोपेली मुलुकहरूमाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् । डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्याण्डबाट अमेरिका आयात हुने सबै सामानमा फेब्रुअरी १ देखि १० प्रतिशत भन्सार शुल्क लगाइने शनिबार सामाजिक सञ्जाल टुथ सोसलमा उनले लेखेका छन् । जुन १ देखि यो शुल्क बढाएर २५ प्रतिशतसम्म पुर्याइने उनले पोस्टमा लेखेका छन् ।
अमेरिकाले लामो समयदेखि युरोपेली देशहरूलाई भन्सार शुल्क नलगाएर सहयोग गर्दै आएको दाबी गर्दै अब त्यसको प्रतिफल चाहिएको ट्रम्पले बताएका छन् । ‘शताब्दीयौँपछि अब डेनमार्कले फिर्ता दिनुपर्ने समय आएको छ, विश्व शान्ति धरापमा छ,’ उनले लेखेका छन् । ट्रम्पले प्रस्तावित भन्सार शुल्क हाल लागिरहेको शुल्कमाथि लाग्ने हो कि होइन भन्ने स्पष्ट गरेका छैनन् । ह्वाइट हाउसले पनि यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन । यस कदमप्रति युरोपेली नेताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्काे रुबियोसँग हालै भएको सकारात्मक भेटपछिको यस्तो चेतावनी आउनु अप्रत्याशित भएको डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रास्मुसनले बताएका छन् । युरोपेली संघका सांसदहरूले अमेरिका–ईयूबीच भएको व्यापार सम्झौता निलम्बन गर्नुपर्ने मागसमेत उठाएका छन् ।
ट्रम्पले ग्रिनल्याण्डमा युरोपेली सेनाको उपस्थिति विश्व सुरक्षा र अस्तित्वका लागि खतरनाक भएको चेतावनी पनि दिएका छन् । तर डेनमार्कले आर्कटिक क्षेत्र अब कम तनावको क्षेत्र नरहेकाले नाटो साझेदारसँग पारदर्शी रूपमा सुरक्षा सहयोग बढाइएको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण