सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

आइतबार, ०४ माघ २०८२, १४ : २२
आइतबार, ०४ माघ २०८२

मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।

नेम्वाङ निवर्तमान सङ्घीय सांसद रहेका छन् भने कागते पूर्वप्रदेशसभा सदस्य रहेका छन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए । उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य रहेका छन् ।

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप