एमालेले टुङ्ग्याएका १४१ उम्मेदवारमध्ये ८५ नयाँ अनुहार
सारांश
- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फका लागि नयाँ अनुहारलाई प्राथमिकता दिएको छ।
- एमालेले टुङ्गो लगाएका निर्वाचन क्षेत्रमध्ये ६० प्रतिशत उम्मेदवार २०७९ र त्यसपछिका उपनिर्वाचनमा सहभागी थिएनन्।
- विभिन्न प्रदेशमा नयाँ अनुहारसहित उम्मेदवारको टुङ्गो लगाउने क्रम जारी छ, केही क्षेत्रमा अझै टुङ्गो लाग्न बाँकी छ।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको उम्मेदवारका लागि अधिकांश नयाँ अनुहारलाई प्राथमिकता दिएको छ ।
एमालेले टुङ्गो लगाएको निर्वाचन क्षेत्रमध्ये ६० प्रतिशत उम्मेदवार २०७९ र त्यसपछिका उपनिर्वाचनमा समेत सहभागी नभएका अनुहार छन् ।
हालसम्म एमालेले १४१ वटा क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । त्यसमध्ये ८५ क्षेत्रका लागि नयाँ उम्मेदवार रहेका छन् । बाँकी २४ क्षेत्रमा भने उम्मेदवारको टुङ्गो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिएका छन् ।
सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रका सबै उम्मेदवारको टुङ्गो लागेको छ । त्यसमध्ये ९ वटामा नयाँ अनुहार आएका छन् ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा सबै उम्मेदवारको टुङ्गो लागेको छ, त्यसमध्ये ८ जना नयाँ अनुहार छन् । लुम्बिनी प्रदेशबाट २६ मध्ये १८ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लागेको छ । त्यसमध्ये १२ जना नयाँ अनुहार छन् ।
छविलाल विश्वकर्माको रुपन्देही–१, विष्णु प्रसाद पौडेलको रुपन्देही–२, बृजेश कुमार गुप्ताको कपिलवस्तु–२, शान्ता चौधरीको दाङ–१, शंकर पोखरेलको दाङ–२ र कैलाश कुमार मल्लको रुकुम पूर्व–१ र यसअघि एमालेको उम्मेदवार नरहेको बाँके–२ को लागि उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको एमालेले जनाएको छ। यो प्रदेशमा विष्णु पौडेलले रुपन्देही–५ ले छाडेर पाल्पा–२ मा गएका छन् ।
गण्डकी प्रदेशबाट १८ मध्ये सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लागेको छ । त्यसमध्ये १३ जना नयाँ अनुहार छन् । बागमती प्रदेशबाट ३३ मध्ये २७ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लागेको छ । त्यसमध्ये १६ जना नयाँ अनुहार छन् । गोकुल प्रसाद बाँस्कोटाको काभ्रेपलाञ्चोक–२, राजन भट्टराईको काठमाडौँ–४, ईश्वर पोखरेलको काठमाडौँ–५, श्याम कुमार घिमिरेको काठमाडौँ–७, कृष्ण गोपाल श्रेष्ठको काठमाडौँ–९ र अमृत खड्काको ललितपुर–३ को लागि उम्मेदवार टुङ्ग्याउन बाँकी छ ।
मधेसका प्रदेशका ३२ मध्ये २७ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लागेको छ । त्यसमध्ये १२ जना नयाँ अनुहार छन् । यो प्रदेशमा यसअघि राजनारायण साह उम्मेदवार रहेको सर्लाही–२ र आफ्नो कुनै पनि उम्मेदवार नरहेको क्षेत्र पर्सा–१, पर्सा–२, सर्लाही–१ र महोत्तरी–३ मा पनि उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको छ ।
कोशी प्रदेशका २८ मध्ये २३ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लागेको छ । त्यसमध्ये १४ जना नयाँ अनुहार छन् । लालबाबु पण्डितको मोरङ–६, भगवती चौधरीको सुनसरी–३, योगेश कुमार भट्टराईको ताप्लेजुङ–१ र कुनै पनि उम्मेदवार नरहेको मोरङ–५ र झापा–३ मा कुनै पनि उम्मेदवार रहेका छैनन् ।
यो प्रदेशमा भानुभक्त ढकालले मोरङ ३ छाडेर तेह्रथुम १ मा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण