गृहसचिव प्रहरी हेडक्वार्टरमा, निर्वाचन सफल बनाउन निर्देशन
काठमाडौँ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै श्रेष्ठले साधन स्रोतको सीमितता र चुनौतीहरूको बाबजुद अपराध नियन्त्रणमा प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको बताए ।
सचिव श्रेष्ठले भने, ‘नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिककेन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्छ ।’ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन योजनाबद्ध ढंगले कार्यसम्पादन गर्न उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
गृह सचिव श्रेष्ठलाई स्वागत गर्दै आईजीपी दान बहादुर कार्कीले आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउन प्रहरी कटिबद्ध रहेको बताए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।
प्रदेश प्रहरी कार्यालय प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण