राजनीति
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने
आइतबार, ०४ माघ २०८२, १७ : १६
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा-२ बाट निर्वाचन लड्ने भएका छन्।
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बन्न भट्टराई सहमत भएका छन्।
- प्रलोपाको बैठकले आवश्यकताअनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन् । आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमत भएको जिल्ला इन्चार्ज यानप्रसाद भट्ट (सरोज) ले रातोपाटीलाई जानकारी दिए ।
आजै बसेको प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर, गोरखा–२ मा चुनावी तालमेल हुने या नहुने भन्नेबारे निश्चित भइनसकेको भट्टले बताए ।
गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ । रास्वपाले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण