दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्र
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको छ ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्ति सामाजिक सञ्जालबाट प्रसारण भएको छ । आयोगले प्रसाईंको सो भिडियो लिंकसहित पत्राचार गर्दै प्रहरीको साइबर ब्युरोलाई त्यसबारे अनुसन्धान गर्न भनेको छ । आयोगबाट पत्र आएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दीपक अवस्थीले रातोपाटीलाई बताए । प्रसाईंले बोलेको विषय विषय अध्ययन गरेर विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरमा पर्ने/नपर्नेबारे यकिन गरिने अवस्थीले जानकारी दिए ।
आयोगले सोही व्यहोराको पत्र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पनि पठाएको छ । प्रसाईंको सो भिडिओमा विद्युती कारोबार ऐन, निर्वाच कसुर तथा सजाय ऐन–२०७३ र अपराध संहिता–२०७४ अन्तर्गत कुन कसुर आकर्षित हुन्छ भनेर सरकारी वकिलसँग पनि राय लिइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण