कमल थापालाई टिकट दिएपछि आकाङ्क्षीद्वारा विद्रोहको चेतावनी
सारांश
- राप्रपाले कमल थापालाई काठमाडौं-५ बाट टिकट दिने निर्णय गरेपछि असन्तुष्टि बढेको छ।
- क्षेत्रीय कमिटीले सिफारिस नगरेका थापालाई टिकट दिएको भन्दै अन्य आकांक्षीले विरोध जनाएका छन्।
- पार्टी निर्णयप्रति असन्तुष्ट बनेका नेताहरूले बागी उम्मेदवारी दिने र विद्रोह गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । राप्रपाले पूर्वअध्यक्ष कमल थापालाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट टिकट दिने निर्णय गरेपछि असन्तुष्टि चुलिएको छ ।
क्षेत्रीय कमिटीबाट सिफारिस नै नभएका कमल थापालाई टिकट दिएर मनपरी गर्ने काम भएको भन्दै आकांक्षीहरुनै आक्रोशित बनेका हुन् । यसअघि क्षेत्रीय कमिटीले डा प्रकाशचन्द्र लोहनी, केशव रेग्मी, हेमजंग गुरुङ, नवीन खड्का र हिक्मतजंग कार्कीको नाम सिफारिस गरेको थियो ।
तर, ती सबै सिफारिसलाई पाखा लगाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई टिकट दिने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले क्षेत्र नम्बर ५ बाट कमल थापासहित ६ स्थानको टिकट टुङ्गिएको रातोपाटीलाई बताए ।
थापा केही साताअघि मात्रै राप्रपामा समाहित भएका थिए । उनले नेतृत्व गरेको राप्रपा नेपाल उनले राप्रपामा मिसाउँदा आफू निःसर्त पार्टीमा आएको बताएका थिए ।
अहिले सिफारिस नै नभएका थापा जेनजी आन्दोलनको भावनाअनुरूप युवाहरूलाई पाखा लगाउँदै उम्मेदवार बन्न लागेको भन्दै असन्तुष्टि चुलिएको हो । आकाङ्क्षी मध्येका एक हिक्मतजंग कार्कीले पार्टीको निर्णयले निराश बनाएको प्रतिक्रिया दिए ।
उनले युवाहरूको चाहनाअनुसार पार्टी अघि बढ्नुपर्नेमा त्यसो हुन नसक्नु दुःखको विषय भएको उल्लेख गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे छलफलमै रहेको बताए । उनले पार्टीमा बागी उम्मेदवारी दिनेदेखि पार्टीमा कमल थापाको उम्मेदवारीविरुद्ध विद्रोह गर्नेसम्मको चेतावनी दिएका छन् ।
यस्तै काठमाडौँ–५ आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका खड्का पनि पार्टीले आइतबार गरेको निर्णयपछि असन्तुष्ट बनेको एक नेताले बताए । डा. प्रकाशचन्द्र लोहनी भने यसअघिदेखि नै नयाँलाई अवसर दिनुपर्ने पक्षमा उभिँदै आएका थिए ।
राजनीतिका चतुर खेलाडी मानिने थापा प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थिए । ०५१ को मध्यावधि चुनावमा भने उनी विजयी भएका थिए । थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् ।
यस्तै ०५६ मा थापा मकवानपुर–१ मा पराजित भएका थिए भने ०६४ को संविधानसभा निर्वाचनमा पनि मकवानपुर–३ बाट पराजित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा भने उनी समानुपातिक उम्मेदवार बनेका थिए ।
यस्तै ०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिएपनि पराजित भए भने २०७९ को निर्वाचनमा पनि मकवानपुरबाटै पराजित नै भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण