नेकपाबाट झापा–२ मा धर्मशिला, सुनसरी– २ मा रामकुमारी उम्मेदवार
आइतबार, ०४ माघ २०८२, २० : १९
सारांश
- नेकपाले फागुन २१ को निर्वाचनका लागि झापा र सुनसरीका उम्मेदवार टुंगो लगाएको छ।
- झापा २ बाट धर्मशिला चापागाईँ र सुनसरी २ बाट रामकुमारी चौधरीलाई उम्मेदवार बनाइने भएको छ।
- देवराज घिमिरेलाई नेकपा एमालेले झापा २ बाट उम्मेदवार बनाउने भएको छ।
विराटनगर । फागुन २१ को निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर २ को उम्मेदवार टुङ्गो लगाएको छ ।
झापा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री धर्मशिला चापागाईँलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ । चापागाईँ संविधानसभा सदस्य तथा पूर्वमन्त्री हुन्।
जनयुद्धको क्रममा श्रीमान गुमाएकी चापागाईँ कोशी प्रदेशबाट माओवादी जनयुद्धमा सामेल भएका महिलाहरूमध्ये अगुवा हुन् ।
झापा २ बाट नेकपा एमालेले सभामुख रहेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । चागागाईं २०७९ को निर्वाचनमा भने उम्मेदवार थिइनन् ।
उता सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट नेकपाले रामकुमारी चौधरीलाई उम्मेदवार बनाउने भएको छ । पूर्वराज्यमन्त्री चौधरी २०७४ मा समानुपातिकतर्फ सांसद थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण