एमालेले दाङ क्षेत्र नम्बर २ बाट महासचिव शङ्कर पोखरेललाई उम्मेदवार बनाउने
सारांश
- नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ।
- पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गर्नुभएको छ।
- यसअघि उम्मेदवार टुङ्गो नलाग्दा अन्योलता थियो, तर अब निर्वाचनको तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ।
दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गरेको महासचिवको सचिवालयले जनाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले दाङ क्षेत्र नम्बर २ को उम्मेदवार टुङ्ग्याउने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई प्रदान गरेको थियो ।
सोही निर्णयअनुसार महासचिव पोखरेललाई उम्मेदवार बनाउने टुङ्गो लागेसँगै क्षेत्रभर देखिएको अन्योल समाप्त भएको छ ।
यसअघि पोखरेल उम्मेदवार बन्दै आएको क्षेत्रमा उम्मेदवार नटुङ्गिँदा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा को उम्मेदवार हुने ? भन्ने विषयमा चौतर्फी चासो व्यक्त हुँदै आएको थियो । अब भने उम्मेदवारी टुङ्गिएसँगै निर्वाचनको तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ ।
२०५१ सालको मध्यावधि निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पोखरेल त्यसयता यही क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् । २०७४ सालको निर्वाचनमा उनी यसै क्षेत्रअन्तर्गत प्रदेश सभा १ बाट विजयी भई लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
जिल्लाको विकास र समृद्धिका ‘रोल मोडेल’ का रूपमा लिइने पोखरेलले पूर्वाधार, सेवा प्रवाह र समन्वयमा सक्रिय भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ । पोखरेल उम्मेदवार बन्ने खबरसँगै दाङका नागरिकहरू उत्साहित देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण