अण्डाको नयाँ मूल्य तोकियो, माघ ५ देखि लागु हुने
आइतबार, ०४ माघ २०८२, २२ : २२
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको काठमाडौँमा सम्पन्न बैठकले अण्डा उत्पादक किसानको सिफारिसअनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
संघका अनुसार २०८२ साल माघ ४ गते बसेको कार्यसमितिको निर्णयअनुसार माघ ५ गतेदेखि लागु हुने गरी चितवनलाई आधार मानी अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरिएको छ ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ, ठूलो अण्डाको ४६५ रुपैयाँ र मिडियम अण्डाको ४४५ रुपैयाँ तोकिएको छ । संघले चितवनबाट लोड भई देशभर अण्डा बिक्री–वितरण गर्दा दूरीअनुसार भाडा, कार्ड र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ लाग्ने जनाएको छ ।
संघका सचिव मदन पोखरेलले तोकिएको मूल्यअनुसार अण्डाको बिक्री–वितरण गर्न सबै सरोकारवालालाई अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण