अस्ट्रियाको हिमपहिरोमा ८ जनाको मृत्यु
साल्जबर्ग । अस्ट्रियाको आल्प्स पर्वत शृङ्खलामा शनिबार गएको शृङ्खलाबद्ध हिमपहिरोमा परी ८ जनाको मृत्यु भएको छ। भारी हिमपात र खराब मौसमका कारण अति जोखिमपूर्ण अवस्था सिर्जना हुँदा यो मानवीय क्षति भएको हो।
साल्जबर्ग नजिकैको पोन्गाउ क्षेत्रमा दुईवटा छुट्टाछुट्टै हिमपहिरो जाँदा ५ जनाले ज्यान गुमाए। स्थानीय पर्वतीय उद्धार अधिकारीहरूका अनुसार फिनस्टरकोफ हिमाल नजिकै ७ जना स्की पर्यटकहरूको समूह हिमपहिरोको चपेटामा परेको थियो। उक्त घटनामा ४ जनाको मृत्यु भयो भने एक जना गम्भीर घाइते भए। सोही क्षेत्रको खुल्ला हिमाली भागमा स्की गरिरहेकी अर्की एक महिलाको पनि हिउँमा पुरिएर मृत्यु भयो।
शनिबार नै पोन्गाउबाट करिब ११० किलोमिटर टाढा रहेको पुस्टरवाल्डमा अर्को हिमपहिरो जाँदा ३ जना चेक नागरिकको मृत्यु भयो। प्रहरीका अनुसार उनीहरू स्की खेलिरहेका बेला पुरिएका थिए। आपत्कालीन उद्धार टोलीले हिमपहिरोमा पुरिएका उनीहरूलाई बाहिर निकाले पनि बचाउन सकेन। सोही समूहका अन्य ४ जनाको भने सकुशल उद्धार गरिएको छ।
पोन्गाउ पर्वतीय उद्धार सेवाका प्रमुख गेर्हार्ड क्रेम्सरले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले यो दुखद् घटनाले अहिलेको हिमपहिरोको जोखिम र अवस्था कति गम्भीर छ भन्ने कुरा प्रस्ट पारेको बताए। शनिबार त्यस क्षेत्रमा अन्य साना हिमपहिरोहरू पनि गएका थिए तर थप मानवीय क्षति भने भएन।
आल्प्स क्षेत्रमा गएको एक साता निकै घातक साबित भएको छ। खराब मौसमका कारण छिमेकी देश स्विजरल्याण्ड र फ्रान्समा पनि मानिसहरूको ज्यान गएको छ। गत साता मात्रै फ्रान्सका विभिन्न रिसोर्टमा हिमपहिरोमा परी ६ जनाको मृत्यु भएको थियो।
अस्ट्रियाकै टिरोलिन रिसोर्टमा ५८ वर्षीय एक पुरुष र मंगलबार ब्याड गस्टिन रिसोर्टमा १३ वर्षीय चेक बालकको पनि हिमपहिरोमै परेर मृत्यु भएको थियो। त्यस्तै, शुक्रबार स्विजरल्याण्डमा क्रस–कन्ट्री स्की गरिरहेका एक जर्मन नागरिकको मृत्यु भयो भने अन्य ४ जना घाइते भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण