रास्वपाबाट दैलेख–१ मा बस्नेत र २ मा शाहीले पाए टिकट
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैलेखका दुई वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका लागि टिकट वितरण गरेको छ ।
गएराति रास्वपाको मुख्यालयमा दैलेख क्षेत्र नम्बर १ को लागि नन्दकिशोर बस्नेत (एनके) र दैलेख क्षेत्र नम्बर २ को टिकट बखतबहादुर शाहीले पाएका हुन् ।
क्षेत्र नम्बर १ को टिकट पाएका एनके बस्नेत अघिल्लो शनिबार मात्रै रास्वपा प्रवेश गरेका हुन् ।
यसअघि एमालेबाट सोही क्षेत्रमा प्रत्यक्षतर्फ सिफारिस भएका बस्नेत दैलेखमा राम्रै चिनिएका व्यक्ति हुन् । एमालेबाट टिकट नपाउने भएपछि नै उनी रास्वपा प्रवेश गरेका थिए ।
दैलेख क्षेत्र नम्बर २ को टिकट पाएका शाही नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्व कार्यकारी प्रमुख समेत रहेका बखतबहादुर शाही नेपालको हाइड्रोपावर क्षेत्रमा चर्चित नाम हो । उनले गत असोजमा जागिरबाट राजीनामा दिएका थिए ।
दैलेख क्षेत्र नम्बर १ मा एमालेबाट रवीन्द्रराज शर्मा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अम्मरबहादुर थापा र क्षेत्र नम्बर २ मा एमालेबाट लक्ष्मी पोखरेल र नेकपाबाट योगेन्द्र शाहीले टिकट पाएका छन् । कांग्रेसबाट भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण