हेटौँडामा मन्त्रीले लगाइदिए बोकालाई माला
सारांश
- कृषि मन्त्री मधुसुदन पौडेलले हेटौँडामा बाख्रा दिवसको अवसरमा बोकालाई माला लगाए।
- मन्त्री पौडेलले अब कृषकलाई दिने अनुदान उत्पादनमा आधारित हुने बताए।
- नेपाल बाख्रापालक व्यवसायी महासंघका अध्यक्षले सरकारी कार्यविधिले वास्तविक किसानलाई नसघाएको आरोप लगाए।
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले हेटौँडामा एक बोकालाई माला लगाइदिएका छन्। पाँचौँ बाख्रा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्ने क्रममा उनले बोकालाई सयपत्री फूलको माला लगाइदिएका हुन्।
मन्त्री पौडेलले हेटौँडा–३ स्थित सिमलथली एग्रो प्रालिमा पालिएको बोकालाई माला लगाएर कार्यक्रमको सुरुआत गरे। कार्यक्रम उद्घाटनपछि ‘नेपालमा बाख्रापालन व्यवसायको सम्भावना र चुनौती’ विषयक गोष्ठीमा बोल्दै मन्त्री पौडेलले अब सरकारले कृषकलाई दिने अनुदान उत्पादनमा आधारित हुने बताए।
विगतमा प्रदेश सरकारले वितरण गरेका अनुदान वास्तविक किसानको हातमा भन्दा कागजी प्रक्रिया मात्र पुर्याउने गैरकिसानको पोल्टामा परेको गुनासो आएपछि मन्त्रालयले नीति फेरेको उनले प्रस्ट पारे। सरकारबाट पैसा मात्र असुल्ने तर काम नगर्ने मनोविज्ञान बढेकाले अब उत्पादनमा आधारित भएर, शिक्षित युवाले सञ्चालन गरेका फर्म र ब्याज अनुदानमार्फत मात्र सहयोग गरिने उनले बताए।
सोही कार्यक्रममा नेपाल बाख्रापालक व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले सरकारी कार्यविधिले वास्तविक किसानलाई भन्दा नक्कली किसानलाई सघाएको आरोप लगाए। उनले कार्यविधिमा किसानलाई दुःख दिने झन्झटिलो प्रक्रिया राखिएकाले कृषकमुखी कार्यक्रम असफल भएको टिप्पणी गरे। सुवेदीले बाख्राको बडकौलाबाट प्राङ्गारिक मल बनाएर बेच्दा मात्र पनि दाना खर्च उठ्ने सम्भावना भए पनि सरकारले मल प्याकेजिङ र बजार व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण