नवलपुर १ मा रास्वपाबाट पुनः राजन गौतम उम्मेदवार
सोमबार, ०५ माघ २०८२, ०९ : २४
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपुर क्षेत्र नम्बर १ बाट पुनः राजन गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाका गण्डकी प्रदेश सभापति समेत रहेका गौतमलाई सभापति रवि लामिछानेले टिकट थमाएका हुन् ।
गौतमले यसअघिको निर्वाचनमा २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए भने सोही क्षेत्रबाट नेपाली कांग्रेसका डा. शशाङ्क कोइराला २७ हजार ६७ मत ल्याएर विजयी भएका थिए ।
अघिल्लो नतिजा र अहिलेको जनलहरलाई विश्लेषण गर्दै रास्वपाले नवलपुर–१ लाई आफ्नो ग्रिन जोनको सूचीमा राखेको छ । नवलपुरको क्षेत्र नम्बर २ मा भने हालसम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण