ट्रम्पको धम्कीपछि डेनमार्ककी प्रधानमन्त्रीले दिइन् चेतावनी
सारांश
- डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले ट्रम्पको धम्कीको कडा प्रतिक्रिया दिँदै युरोपलाई ब्ल्याकमेल गर्न नसकिने बताइन्।
- ट्रम्पले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन खोज्दा युरोपेली देशहरूलाई ट्यारिफ लगाउने धम्की दिएका छन्।
- युरोपेली देशहरूले ट्रम्पको योजनाको आलोचना गर्दै ट्रान्स-एटलान्टिक सम्बन्ध कमजोर हुन सक्ने चेतावनी दिएका छन्।
कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने धम्कीको कडा प्रतिक्रिया दिँदै ‘युरोपलाई ब्ल्याकमेल गर्न नसकिने’ चेतावनी दिएकी छन् । पछिल्लो समय ग्रिनल्यान्डको ममिलामा अमेरिका र युरोप आमने सामने भइरहकै बेला उनले साे प्रतिक्रिया दिएकी हुन् ।
ट्रम्पले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन गरेको प्रस्तावको विरोध गरेमा फेब्रुअरीदेखि डेनमार्कसहित आठ युरोपेली देशमाथि नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायतलाई लक्षित गर्दै ग्रिनल्याण्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण भएको दाबी गरेका छन् ।
आवश्यक परे बल प्रयोगको विकल्प पनि उनले नकारेका छैनन् । यसको युरोपभर तीव्र आलोचना भइरहेको छ । ट्यारिफको धम्की पाएका देशहरूले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको योजनाले खतरनाक ओरालो यात्रा निम्त्याउन सक्ने चेतावनी दिएका छन् । यस्ता धम्कीले ट्रान्स–एटलान्टिक सम्बन्ध कमजोर बनाउने उल्लेख गर्दै डेनमार्क र ग्रिनल्याण्डप्रति उनीहरूले पूर्ण ऐक्यबद्धता समेत जनाएका छन् ।
आर्कटिक क्षेत्रको सुरक्षा साझा चासोको विषय भएको उनीहरूको भनाइ छ । संयुक्त वक्तव्यमा सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्तमा आधारित संवादका लागि आफूहरू तयार रहेको उल्लेख गरिएको छ ।
युरोपले सहयोग चाहेको तर द्वन्द्व खोजी नरहेको प्रधानमन्त्री फ्रेडरिक्सेनले फेसबुकमा पोस्टमा लेखेकी छिन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि फ्रेडरिक्सेन, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायन र नाटो प्रमुख मार्क रुटेसँग यस मामिलामा कुराकानी गरेका छन् ।
नाटोको सामूहिक सुरक्षाका लागि सहयोगी राष्ट्रमाथि ट्यारिफ थोपर्नु गलत हुने उनले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण