शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रामाथि मुद्दा चल्ने

सोमबार, ०५ माघ २०८२, १४ : ५६
सोमबार, ०५ माघ २०८२

नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान् राज कुन्द्रमाथि मुद्दा चल्ने भएको छ ।

बिट्क्वाइन घोटाला मामिलामा निर्माता एवम् अभिनेतासमेत रहेका कुन्द्राको नाममा मुम्बईस्थित सम्पत्ति शुद्धीकरण अदालतले समन जारी गरेको छ । प्रवर्तन निदेशालय (ईडी)को तर्फबाट दायर भएको उजुरीलाई संज्ञानमा लिँदै अदालतले यो कदम चालेको हो । यो मुद्दामा दुबईमा रहँदै आएका व्यापारी राजेश सतीजाको नाममा पनि समन जारी गरिएको छ । दुवै जनालाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ । 

ईडीले सेप्टेम्बर २०२५ मा यस मुद्दामा पूरक आरोपपत्र दायर गरेको थियो । यसमा राज कुन्द्रा र राजेश सतीजालाई आरोपी बनाइएको छ । यो मुद्दा कुख्यात गेन बिटक्वाइन पोन्जी घोटालासँग जोडिएको छ । अनुसन्धान एजेन्सीका अनुसार यस घोटालाका मास्टरमाइन्ड र प्रवर्द्धन अमित भारद्वाजले युक्रेनमा बिटक्वाइन खानी फार्म स्थापना गर्न राज कुन्द्रालाई २८५ वटा बिटक्वाइन दिएका थिए । तर यो परियोजना पूरा भएन । राज कुन्द्रासँग अझै पनि यी २८५ बिटक्वाइनहरू भएको ईडीको दाबी छ । अहिले यसको मूल्य १५० करोड रुपैयाँभन्दा बढी भएको अनुमान गरिएको छ । 

राज कुन्द्राले आफूलाई सम्झौतामा केवल मध्यस्थकर्ताको रूपमा वर्णन गरे पनि यसलाई समर्थन गर्न कुनै ठोस कागजातहरू प्रस्तुत गर्न असफल भएको आरोपपत्रमा भनिएको छ । ईडीका अनुसार राज कुन्द्रा र महेन्द्र भारद्वाजबिच ‘टर्म शिट’मा हस्ताक्षर गरिएको थियो । यसले स्पष्ट रूपमा वास्तविक सम्झौता राज कुन्द्रा र अमित भारद्वाजबिच भएको संकेत गरेको भनिएको छ ।

लेनदेन भएको सात वर्षभन्दा बढी बितिसक्दा पनि राज कुन्द्रालाई विभिन्न किस्ताहरूमा प्राप्त बिटक्वाइनको सही संख्या स्पष्ट रूपमा याद भएको ईडीको भनाइ छ । यसले यो सम्झौतामा पनि केवल मध्यस्थकर्ता मात्र थिएनन्, बरु वास्तविक लाभार्थी भएको एजेन्सीको दाबीलाई बलियो बनाएको भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप